‘बेदिङ गो’ हिमाल चढ्न नयाँ बाटो

दोलखा । हिमाल आरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९, बेदिङका पर्वतीय पथप्रदर्शक ४५ वर्षीय पासाङकिदर शेर्पाले यहाँको छ हजार १२५ मिटर अग्लो ‘बेदिङ गो’ नामक हिमाल आरोहण गर्ने ‘नर्थ वेस्ट रिच’ नयाँ बाटो पत्ता लगाएका हुन् । तिब्बततिरको ‘सफ्ट फेस’ बाट यो हिमालको थुप्रैले आरोहण गरिसकेका छन् तर ‘नर्थ वेस्ट’ बाट आरोपण गर्ने उहाँ पहिलो आरोही हुनुहुन्छ । उहाँ चार रात पाँच दिनमा यो हिमालको चुचुरोमा पुग्न सफल भएका हुन् ।

उनले बर्सेनि शरद ऋतु सुरु भएपछि नयाँ रुट खोज्ने, बाटो बनाउने र नयाँ हिमाल आरोहण गर्दै आएका छन् । उनले हिमाल आरोहण गर्नेलाई अध्यापन गर्ने र आरोहणको तालिम दिने काम पनि गर्छन् । शरद ऋतुमा हिमाल आरोहण गर्नेको बाक्लो चहलपहल हुन्छ । हिमाल चढ्नेको चर्चा भए पनि हिमाल चढाउने र नयाँ नयाँ हिमाल खोज्दै त्यहाँ पुग्ने बाटो बनाउनेहरू जहिले पनि पर्दा पछाडि हुन्छन् ।

‘किचेन गाइड’ बाट सुरुवात

१६ वर्षमै हिमाल आरोहणमा ‘किचेन गाइड’ का रूपमा लागेका पासाङ अहिले तालिम प्राप्त अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक हुन । उनले आठ हजारमाथिका सगरमाथा, मनासलु, केटुलगायतका हिमाल १४ पटक आरोहण गर्नुभएको छ । उहाँले सात वटा प्रमाणपत्र पाएका छन् । इन्टरनेसनल माउन्टेन गाइडको उपाधि पाउने नेपालमा ७४ जना पथप्रदर्शक छन् । ‘यो वर्षको शरद ऋतुमा निकै कठिन मानिएको ‘बेदिङ गो’ हिमाल सफल आरोहण गरेर बाटो खोल्न सफल भएको छु । हिम पहिरो आइरहने यो हिमाल अल्पाइन शैलीको नयाँ मार्ग बनाएर अमेरिकी पर्वतारोही ५३ वर्षीय डानिका गिल्बर्टलाई पनि चुचुरोमा पु¥याइयो । अब हिमाल चढ्न रहर गर्नेका लागि अर्को हिमाल पनि थपिएको छ । यो हिमाल चढ्न गएको जापानी टोली चाहिँ असफल भएको छ,’ उनले भने ।

आरोहीलाई सहजीकरण

‘बेदिङ गो’ शिखरबाट तिब्बती उपत्यका नयाँ हिमाताल देखिन्छन् । उनले भने, ‘ती हिमतालबारे अध्ययन भएको छ÷छैन थाहा भएन तर नेपालको तामाकोशीको जलाधार तिनै क्षेत्रमा पर्छ ।’ उनले हिमाल चढेर रेकर्ड राख्नुभन्दा पनि नयाँ हिमाल खोज्ने र त्यसको रुट बनाउने काममा बढी खटिएको बताए । उनले नयाँ हिमालको खोजी गर्ने त्यसमा चढेर उचाइ मापन गर्नेसहित रुट निर्माणमा लाग्ने गरेको बताए । ‘आठ हजारभन्दा माथिका हिमाल आरोहण गर्न नसक्ने हिमाल चढ्ने इच्छा भएकालाई आठ हजारमुनिका हिमाल आरोहण गर्न सहजीकरण गरिदिने गरेको छु,’ उलने भने ।

उनले गत वर्ष अमेरिकी नागरिक दृष्टिविहीन महिला लुयन पार्कलाई रोल्वालिङ क्षेत्रकै पाँच हजार ६५० मिटरको यलुङ्री हिमाल सफल आरोहण गराइदिएको जानकारी दिए । ‘त्यो दिन एक दृष्टिविहीनलाई हिमाल चढाउन सकेकोमा निकै हर्ष लागेको थियो । गएको वर्ष अफगानी युवती साइदाले हिमाल हेर्ने र चढ्न रहर गरेकाले आवश्यक तालिम दिएर आरोहण गराइदिएँ,’ उलने भने ।

उनले ८५ वर्षको उमेरमा सगरमाथा चढेर कीर्तिमान बनाएका जापानी नागरिक युचिरो मिउरालाई ७५ वर्षको हुँदा सगरमाथा चढाएको दाबी गरे । उनल नयाँ हिमालमा बाटो बनाएर आरोहण सफल भएपछि त्यसको प्रतिवेदन पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ र हिमालसम्बन्धी संस्थालाई दिने बताए । आरोहणसम्बन्धी तालिममा एक वर्षमा २० देखि ३० जनाले भर्ना गर्छन् । ५० जनाले यो कोर्ष गरेका छन् । कोर्ष पूरा गरेकाले मात्रै अन्तर्राष्ट्रिय माउन्टेन गाइडको मान्यता पाउँछन् । ‘परीक्षा भएकामध्ये मुस्किलले पाँच÷सात जना मात्रै पास हुने गरेका छन् । हिमाल चढ्नेका लागि विद्यावारिधि गरे जत्तिकै यो कोर्ष रहेको छ,’ उनले भने ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार