जोराको कप्तानीमा नेपालले हङकङ क्रिकेट सिक्स खेल्ने

काठमाडौं । सन्दीप जोराको कप्तानीमा नेपालले हङकङ क्रिकेट सिक्स खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार टोलीको घोषणा गरेको हो ।

क्रिकेट हङकङ, चीनको आयोजनामा हुने प्रतियोगिता १ देखि ३ नोभेम्बर २०२४ सम्म चल्ने छ । टोलीको प्रशिक्षकको जिम्मेवारी भने ज्ञानेन्द्र मल्लले पाएका छन् ।

टोलीमा सन्दीपसँगै लोकेश बम,नारायण जोशी, विवेक यादव, प्रतिश जि.सी, दिपेन्द्र रावत र राशिद खान छन् । नेपालले पहिलो खेल नोभेम्बर १ मा इङ्ल्यान्डसँग खेल्नेछ । यस्तै, दोस्रो खेल अस्ट्रेलियासँग खेल्नेछ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार