सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम ४ अर्बमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्ला दुई दिन उच्च अंकले घटेको सेयर बजार आज २५ दशमलव ८८ अंकले बढेको हो । यो अघिल्लो दिनको भन्दा ०.९८ प्रतिशतले बढी हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६५ दशमलव ८१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै ५ कम्पनीको सेयर मूल्यमा भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि करिब १ प्रतिशतले नै बढेको छ । आजको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४७ अंकले बढेर ४८० दशमलव ७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।

परिसूचक बढे पनि कारोबार रकममा भने आज गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ९० करोड बढीको कारोबार भएको बजारमा आज ४ अर्बभन्दा केही बढी मात्रैको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका १ करोड ९ लाख ६२ लाख २८१ कित्ता सेयर ५३ हजार ६७८ पटक खरिद बिक्री हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार