मौसम खुलेसँगै तेञ्जिङ हिलारी विमानस्थलमा उडान शुरु

काठमाडौं । एक हप्तापछि खुम्बु क्षेत्रको मौसम खुलेसँगै तेञ्जिङ हिलारी विमानस्थलमा उडान भएको छ । आज एकै दिन विमानस्थल हुँदै एक हजार एक सय ५५ जना पर्यटक खुम्बु क्षेत्र भित्रिएका तेन्जिङ हिलारी विमानस्थल लुक्लाले जनाएको छ ।

प्रतिकुल मौसमका कारण रामेछापको मन्थली र काठमाण्डौमा रोकिएका पर्यटक हवाई मार्ग हुँदै लुक्ला पुगेका हुन् । यस्तै लुक्लामा रोकिएका साढे पाँच सय भन्दा धेरै पर्यटक मन्थलीमा पुगेका छन् । आज लुक्ला विमानस्थलमा जहाजले ४७ पटक र हेलिकोप्टरले एक सय ३० पटकभन्दा धेरै उडान गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार