माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जित, रेखाको ५ गोल गर्दा प्रीतिको पनि ह्याट्रिक

काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । आज भएको खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको हो ।

नेपाललाई ११–० को फराकिलो जित दिलाउने क्रममा रेखा पौडेलले ५ गोल गरिन भने प्रीति राइले पनि ह्याट्रिक पुरा गरिन् । त्यस्तै सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले १–१ गोल गरिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले सुरुवात देखिनै माल्दिभ्स माथि दबाब बनाएको थियो ।

यो नेपालको पहिलो जित हो । यो जतिपछि नेपाल दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ । दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

नेपाली टोलीले पहिलो हाफमा चार गोल गरेको थियो भने दोस्रो हाफमा ७ गोल गर्न सफल भयो । पहिलो हाफमा रेखा पौडेलले दुई तथा प्रीति राई र सविता राना मगरले एक–एक गोल गरेपछि नेपालले ४–० को अग्रता बनाएको थियो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार