हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक दुईतर्फी खुल्यो

काठमाडौं । हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडांै सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा ह्युमपाइप राखेर मर्मत भएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

गएको असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मत गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो । सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार