नेपालद्वारा अमेरिका पराजित

काठमाडौं । नेपालले पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई १७ रनले पराजित गरेको छ । डल्लासमा जितका लागि १६५ रनको लक्ष्य पाएको घरेलु टोलिले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्रै बनाउन सक्यो ।

घरेलु टोलिका लागि शायन जहाँगीर सर्वाधिक ६० रनको योगदान दिए पनि टोलिलाई जित दिलाउन भने सकेनन् । त्यस्तै एन्ड्रिज गौसले पनि ३० रनको योगदान दिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ३ विकेट लिए । त्यस्तै रिजन ढकाल, करण केसी र गुल्सन झाले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपाले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७–२७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान २–२ विकेट लिए ।

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ । यो टी–२० शृङ्खलापछि नेपालले अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार