महिला टी–२० विश्वकप : अष्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका महिला टी–२० विश्वकप २०२४ को फाइनामा पुगेको छ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हो ।

गए राति दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा अष्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर २ बलमा दुई विकेट गुमाएर पूरा ग¥यो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १३४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाको टोलीले प्रतियोगिताको फाइनलमा लगातार दोस्रो पटक स्थान बनाएको हो । योसँगै टी–२० विश्वकपको इतिहासमा दक्षिण अफ्रिकाले पहिलो पटक छ पटकको विजेता अष्ट्रेलियाको टोलीलाई हराएको छ । महिला टी–२० विश्वकपमा आज हुने दोश्रो सेमिफाइनल खेलमा न्युजिल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार