काठमाडौंबाट भैरहवा उड्ने न्यारोबडीको सबै टिकट बिक्री

काठमाडौं । दसैंका लागि फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्ने नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजको सबै टिकट बिक्री भइसको छ । नेपाल वायु सेवा निगमको १५८ वटा यात्रुसिट क्षमता भएको न्यारोबडी जहाज प्याक भएको निगमले जनाएको छ । फूलपातीका दिन बिहान ११ बजे विमानले उडान भर्ने छ ।

निगमले काठमाडौं भैरहवा उडानको टिकेट सोमबार राति खोलेको १ घण्टाभित्रै ७० वटा सकिएको थियो ।निगमले यात्रुको चाप मूल्यांकन गर्न १ घण्टाका लागि टिकेट खोलेको थियो । टिकेट खोल्नासाथ एकैछिनमा १५८ सिट क्षमताका करिब आधा प्याक भएको थियो । बाँकी आधा क्षमताको लागि मंगलबार विहान टिकट खुला गरिएको थियो ।

निगमले फूलपातीको दिन बिहान ७ हजार रुपैयाँमा काठमाडौंबाट भैरहवा लैजाने ३ हजारमै भैरहवाबाट काठमाडौं यात्रु ल्याउने गरी भाडादर सार्वजनिक गरेको थियो । निजी वायुसेवाको तुलनामा निगमको न्यारोबडी जहाजले उडान गर्दा सस्तो परेको र टिकट नपाएर हैरानी भएका यात्रुलाई निगमले उद्धार उडानमार्फत भैरहवा लाने भएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार