कांग्रेस वातावरण विभागको सक्रियता : पार्टी कार्यालय वरपर सरसफाइ, झाडु लिएर पुगे वन मन्त्री शाही र उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसको वातावरण विभाग सरसफाइमा सक्रिय देखिएको छ । विभागले पार्टी कार्यालय सानेपामा सरसफाइ गरेर आफ्नो विभागको कामलाई रफ्तारका साथ अघि बढाएको हो ।

पार्टी कार्यालय सरसफाइ कार्यक्रममा पार्टीका उपसभापपति धनराज गुरुङ र नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीको समयत उपस्थिति रहेको थियो । विभागका प्रमुख कल्याण कुमार गुरुङले पार्टीका उपसभापति र वन मन्त्रीलाई निम्तो गरेर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।

नेपाली कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको अगुवाइमा कांग्रेसको पार्टी कार्यालय र पार्टी कार्यलय परिसर वरपर सरसफाई गरिएको छ । केही दिन अघिको अविरल बर्षा र बिभिन्न नदीमा आएको बाढी र भलले बगाएर ल्याएको फोहोरहरु तत्काल सफा गर्न आवश्यक देखिएको भन्दै कल्याण कुमार गुरुङ सयोजक रहेको नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले सफाइ कार्यक्रमको अयोजना गरेको हो ।

पार्टीको उपसभापति धनराज गुरुङ र वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले झाडु र सावेल चलाएर प्रारम्भ गरेकको अभियानले नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, सानेपा परिसर, पार्टी कार्यालय वरपर र नदी किनारको सरसफाई गरेको छ । सफाई कार्यक्रममा केन्द्रीय सदस्यहरु कुन्दन राज काफ्ले, लक्ष्मी खतिवडा, लक्ष्मी परियार, नानु बास्तोला अधिवक्ता सञ्जिव लामा लगायत तरुणदल, नेविसंघ, महिला संघ लगायतका अन्य भातृ संघ सस्थाका नेता कार्यकर्ता र विभिन्न पेशाकर्मीहरुको सहभागिता रहेको थियो ।
विभागले गत शनिबार पशुपतिको गुहेश्वरी क्षेत्र आसपास र बागमति किनारमा सफाई गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार