साताको सुन : सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सातामा ७ सयले बढ्यो सुन

काठमाडौं । पछिल्लो समययता सुनको भाउले दिनानुदिन नयाँ रेकर्ड बनाइरहेको छ । सोहि क्रममा यो साता पनि सुन र चाँदी दुवैको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार सुनको मुल्यले नयाँ उचाई छोएको हो ।

विश्व बजारको प्रभावसँगै नेपाली बजारमा यो साता सुनको मुल्यले रेकर्ड कायम गर्यो । साताको पहिलो दिन सुन तोलाको १ लाख ६० हजार ६०० रूपैयाँ तोकिएको थियो । त्यसपछि, सुनको मुल्य सस्तिएर साताको दोस्रो दिन १ लाख ६० हजार ५०० रूपैयाँ र तेस्रो दिन १ लाख ६० हजार रूपैयाँमा झर्याे । यद्धपी, बुधबारदेखि भने सुनको मूल्य बढ्न शुरु भयो । त्यस दिन सुन प्रतितोला १ लाख ६० हजार ८०० रूपैयाँ तोकिएको थियो । बढ्ने क्रम जारी रहँदै बिहीबार १ लाख ६० हजार ९०० रूपैयाँमा खरिदबिक्री भएको थियो । सुनको कारोबार हुने साताको अन्तिम दिन शुक्रबार भने सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्‍यो ।

शुक्रबार सुन तोलाकै १ लाख ६१ हजार ३०० रुपैयाँको उचाइमा पुग्यो । यो मुल्य साताको पहिलो दिन आइतबारको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार तोलामा ७०० रुपैयाँले बढी हो ।

चाँदीमा पनि रेकर्ड

यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि रेकर्ड कायम गेर्यो । आइतबार, प्रतितोला १ हजार ९४५ रुपैयाँ रहेको चाँदीको मुल्य लगातार दुई दिन घटेर मंगलबार तोलाको १ हजार ९२५ रूपैयाँमा झरेको थियो । तर पुनः तीन दिन निरन्तर रूपमा चाँदीको मूल्य वृद्धि भयो । बुधबार चाँदी तोलामा १० रूपैयाँले, बिहीबार तोलामा १५ रूपैयाँले र शुक्रबार तोलामा ३० रूपैयाँले महंगिएको हो । शुक्रबार चाँदीको मूल्यले प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भई उच्च रेकर्ड बनायो । यसरी यो साताको पहिलो दिनको तुलनामा साताको पछिल्लो कारोबार भएको दिन चाँदी तोलामा ३५ रूपैयाँले बढेको हो ।

किन बढीरहेको छ सुनको मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको प्रभावले सुनचाँदी जस्ता बुहुमुल्य वस्तुको मुल्य बृद्धिमा टेवा पुगेको बिश्लेषकहरुको भनाई छ । शुक्रबार बिहान सार्वजनिक तथ्यांक अनुसार अमेरिकी अर्थतन्त्र मजवुत हुनुका साथै त्यहाँ रोजगारीको अवस्थामा समेत सुधार देखिएको छ । विश्व बजारमा शुक्रबार सुनको भाउ ६ डलर भन्दा बढीले बढेर २ हजार ६६२ डलर बराबरसम्म पुगेको थियो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार