काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत बढेर बन्द भएको छ । गत साता २४८६ दशमलव ७६ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.४५ प्रतिशत अर्थात ११० दशमलव ७३ अंक बढेर २५९७ दशमलव ४९ विन्दुमा पुगेको हो ।
यस साता चार कारोबार दिनका लागि खुलेको बजारमा दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। यस साता सोमबार र मंगलबार नेप्से बढेको थियो भने आइतबार र बुधबार नेप्से घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ४.३० प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ४.४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७२ प्रतिशत बढेको छ ।
नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ५ अर्ब २२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ६.१४ प्रतिशत बढी हो । यस साता दैनिक औषत सेयर संख्या भने २.६५ प्रतिशत र दैनिक औषत कारोबार संख्या ०.२० प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ४ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३९ खर्ब ५४ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण यस साता १ खर्ब ७६ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । १३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १४.१३ प्रतिशत बढेको छ। गत साता २७६५ दशमलव २४ विन्दुमा रहेको वित्त उपसमूहको परिसूचक, यस साता ३९० दशमलव ७६ अंक बढेर ३१५६ विन्दमा पुगेको छ । यस साता अंकका आधारमा भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६३७ दशमलव ३४ अंक बढेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६३ प्रतिशत घटेको छ ।
यो साता नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १२ लाख ८२ हजार १०८ दशमलव ५४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस साता इष्टर्न हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक २४.२५ प्रतिशत बढेको छ । गत साता ७३० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको सेयर, यस साता ९०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस साता गुडविल फाइनान्सको शेयरमूल्य २२.३२ प्रतिशत बढेको छ भने कुमारी सबल योजनाको इकाईमूल्य साढे २१ प्रतिशत बढेको छ । यस साता प्रभु सेलेक्ट फण्डको इकाईमूल्य सर्वाधिक ११.८६ प्रतिशत घटेको छ ।
फ्लोरसिट विश्लेषण गर्दा यस साता महुली लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल (बालाजु), थ्रिस्टार हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने चन्द्रागिरी हिल्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, विन नेपाल लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् ।