चीनमा सबैभन्दा बाक्लो हिमनदी पत्ता लाग्यो

काठमाडौं । वैज्ञानिकहरूले एशियाको वाटर टावर भनेर चिनिने चीनमा रहेको छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी पत्ता लगाएका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार झण्डै चार सय मिटरको अधिकतम नापिएको मोटाई भएको पुरोग काङ्गरी हिमनदी दक्षिणपश्चिम चीनको सिजाङ क्षेत्रमा पत्ता लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हिमनदीले पृथ्वीको जलवायु इतिहासको बारेमा महत्त्वपूर्ण जानकारी राख्ने वैज्ञानिकहरुको भनाइ छ । यसअघि वैज्ञानिकहरूले सात लाख वर्षभन्दा बढीको अवधिमा बनेको गुलिया हिमनदीबाट ३ सय ८ दशमलव ६ मिटरको बरफको कोर ड्रिल गरेका थिए । उनीहरुले पुरोग काङ्गरी हिमनदीमा पनि धेरै वर्ष अघिदेखि जमेको अनुमान गरेर थप अनुसन्धान गर्दैछन् । पछिल्लो समय विश्वभरका हिमनदीहरू पग्लिँदै गएर तिनीहरूभित्र समेटिएका ऐतिहासिक अभिलेखहरू पनि हराउने क्रम बढेको छ ।

त्यसैले ऐतिहासिक जानकारी पुनः प्राप्त गर्नका लागि बरफको कोर निकालेर हिमनदी संरक्षण गर्नु महत्त्वपूर्ण रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकको भनाइ उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ । एजेन्सी

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार