रोनाल्डोको गोलमा नासर विजयी

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा साउदी अरेबियाका अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणअन्तर्गत सोमबार कतारको अल रेयानलाई २–१ ले पराजित गरेको छ । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले दुई साताअघि इराकको अल–सर्टासँग १–१ गोलको बराबरी खेलेका थिए ।

सोमबार उनले दुई गोल गरेका थिए । तर, एक गोलले अफसाइड भएको थियो । यद्यपि, रियादमा निर्धारित खेल सकिँन १४ मिनेट बाँकी रहँदा उनले गरेको गोल निर्णायक साबित भयो ।

लिभरपुलका पूर्व फरवार्ड साडियो मानेले नासरका लागि सुरुवाती गोल गर्दै पहिलो हाफको इन्जुरी समयका सुरुआती अग्रता दिलाएका थिए । रोनाल्डोले दोस्रो गोल थप्दा नासरको तीन अंक सुरक्षित देखिएको थियो ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा रोजर गुएडेसले गोल गर्दै अल–रेयानलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, उनी सफल भएनन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार