टि–२० मा पनि नेपाल क्यानडासँग पाराजित

काठमाडौं । नेपाली टोलि क्यानडामा सुरु भएको टि–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पराजित भएको छ । गए राति भएको खेलमा नेपाली टोली क्यानडासँग १४ रनले पराजित भएको हो ।

कप्तान रोहितकुमार पौडेलबाहेक अन्य खेलाडी चल्न नसक्दा नेपाल घरेलु टोलीसँग पराजित भएको हो । क्यानडाले दिएको १२४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान रोहितले सर्वाधिक ३७ रन बनाए । कुशल मल्ल १२, देव खनाल ११ र सन्दीप लामिछाने १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

क्यानडाका कलिम सानाले सर्वाधिक चार विकेट लिए । साद बिन जाफरले तीन र प्रविण कुमार र अखिल कुमारले समान एक विकेट लिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार