मुग्लिन–नारायणगढ सडक भासियो

काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको हो ।

थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ । साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । तर सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ आउँदै गरेको प्र–३–०१–०२४च ३०५६ नम्बरको बलेरो जिप पल्टिएकाले त्यसलाई उठाउने प्रयास भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भैरहेको छ । यस्तै ईच्छाकमना गाउँपालिका ३ को मौवाखोला, दतिखोला, पानीधारामा पनि सडक माथिबाट पहिरो आई बाटो पूर्णरुपमा अवरुद्ध छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार