क्यापिटल मार्केट फुटसल प्रतियोगिता शुरु

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आयोजना गरेको इयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिप २०२४ सुरु भएको छ । आज एक कार्यक्रमका बिच धन्यन्तरी फुटसल भेन्युमा फुटसल च्याम्पियन्सीपको सुरुवात भएको हो ।

फुटसल प्रतियोगिताको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै महामन्त्री थापाले धितोपत्र बोर्डले धितोपत्र बजारको उचित नियमन गर्न नसके अहिले सहकारी क्षेत्रमा देखिएको जस्तै समस्या भोलीका दिनमा पुँजी बजारमा समेत देखिन सकिने बताए । महामन्त्री थापाले धितोपत्र सम्बन्धी ऐन अहिले सदनमा संसोधनका क्रममा रहेको र ऐन संसोधनबाट समेत धितोपत्र बजारको जटिलताहरु संशोधन हुने कुरामा शंका रहेको कारण, नेपाली कांग्रेसका आफू लगायत अन्य सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएको समेत बताए ।

वान ट्रफी, वान मार्केट, वान फेमेली भन्ने नाराका साथ संचालन गरिएको प्रतियोगितामा, धितोपत्र बजारमा आवद्ध संस्थाका ३१ पुरुष र ९ महिला टिम सहभागी रहेको र प्रतियोगिता शनिवार समापन हुने युनियनका अध्यक्ष अजय ढुंगानाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने पुरुष टोलीलाई १ लाख र महिला टोलीलाई ६० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक लक्ष्मी सनराइज बैंक रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार