वर्षाका कारण आन्तरिक उडान प्रभावित, अधिकांश विमानस्थल भिजिविलिटीका कारण बन्द

काठमाडौ‌ । आज शुक्रबारका उडानहरु खराब मौसम तथा कम भिजिविलिटीका कारण प्रभावित भएका छन् । पश्चिममा नेपालगञ्ज, धनगढी तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु छन् भने अन्य गन्तव्यहरुमा उडान हुन सकेको छैन । आजका माउण्टेन फ्लाइटहरु सबै रद्द भएका छन् ।

पानी परेर कम भिजिबिलीटी भएका कारण भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलको छैन । ती विमानस्थल नखुलेका कारण काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने यात्रुको चाप बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।

विमानस्थल कार्यालयका अनुसार आजको माउन्टेन फ्लाइट ठप्प भएको छ । मौसममा सुधार आएपछि उडान हुने भए पनि अहिले माउन्टेन फ्लाइटबाहेकका सबै उडान ढिलो भएको पनि विमानस्थल कार्यालयको भनाइ छ ।

हाल काठमाडौंबाट यती, बुद्ध र सिम्रिकले सहरी क्षेत्रका विमानस्थलमा उडान गर्छन् भने तारा र समिटले दुर्गम क्षेत्रमा उडान गर्ने गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार