जोखिम छ भनेर तोकिएको वातावरणीय लगानीबाट भाग्न पाइदैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई सरकारले तोकेको र वातावरणीय लगानीको लागि जोखिमपूर्ण छ भनेर नजाने छुट नभएको बताएका छन् । नेपाल बैंकर्स एशोसिएशन र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपालको संयुक्त आयोजनामा आयोजित दुई दिने सेमिनारको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले वातावरणीय लगानीका लागि जोखिमपूर्ण रहेको भनेर नजाने प्रवृत्ति गलत भएको पनि बताए । कुनै एउटा जोखिमका कारण नेपालको वित्तीय सिस्टम र देशको अर्थतन्त्र नै तलमाथि हुनसक्ने बताउँदै वातारणीय जोखिम न्यूनिकरणको पक्षमा लगानी गर्नुपर्ने बताए । जोखिम भएको क्षेत्रमा लगानी गर्न नजाने कुरा सजिलो भएपनि त्यसमा नगई सुखै नभएको बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार