आईसीसी विश्वकप लिग २ : ओमानविरुद्ध खेल्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग टूमा मंगलबार नेपालले ओमानविरुद्ध खेल्दैछ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । खेल राति पौने ९ बजे सुरु हुनेछ ।

विश्वकप लिग टूमा निकै खराब सुरुवात गरेको नेपाल पछिल्ला ५ खेलमा पराजित छ । घरेलु टोली क्यानडासँग दुई खेलमा गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेल समेत हार्न पुगेको थियो । लिग टूका सुरुवात ७ मध्य नेपालले मात्र एक खेलमा जित निकाल्दै दुई अंक जोडेको छ । लिगको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराउनु बाहेक नेपालले लिग टूमा जित देख्न पाएको छैन । नामिबिया र नेदरल्याण्ड्सँग घरेलु मैदानमा तीन खेल हारेको नेपाल क्यानडा भ्रमणमा जित निकाल्न सकेको छैन ।

निरन्तरको हारले खेलाडीमाथि जितको दबाब बढ्दो छ भने नेपाल लिग तालिकामा पुछारदेखि दोस्रोमा छ । पुछारमा रहेको यूएई र नेपालको मात्र समान दुई अंक छ । टिमका खेलाडी परिवर्तन गर्दा समेत ब्याटिङ लाईन चल्न सकेको छैन । तल्ला क्रमका ब्याट्सम्यानले नेपालको ब्याटिङलाई धरासायी हुनबाट जोगाएपनि माथिल्ला र मध्यक्रमका ब्याट्सम्यान चल्न सकेका छैनन् ।

पछिल्लो समय राष्ट्रिय क्रिकेट टिमका आफ्नो स्वभाविक लय पूर्ण रुपमा गुमाएको छ । जसले खेलाडी, प्रशिक्षक र टिममाथि दबाब थपिदै गएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार