अमेरिकी डलरको मूल्य स्थिर, युरो र पाउण्डको बढ्यो, कुन देशको विनियमदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनियमदर सर्वाजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरो र पाउण्डको मूल्य बढेको छ ।

राष्ट्र बैंकले आजका लागि सर्वाजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर सोही दरमा सटही भएको थियो । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिददर १७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ १२ पैसा रहेको थियो ।

त्यस्तै आज युरोको विनिमयदर पनि बढेको छ । आज एक युरोको खरिददर १४९ रुपैयँ ९२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा रहेको थियो । त्यस्तै राष्ट्र बैंकले सोमबार लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८१ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा पुगेको छ ।

सोमबार क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७५ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८३ पैसा कायम भएको छ । त्यस्तै आज जापानी ऐन १० खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा कायम भएको छ । त्यस्तै कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७ रुपैयाँ २० पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३९ रुपैयाँ २० पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४६ पैसा पुगेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार