रियलको उत्कृष्ट जित

काठमाडौं । स्पेनी ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन जित निकालेको छ । उसले एक गोलले पछाडि रहेको स्थितिमा इस्पनयोललाई सजिलै ४–१ ले हराएको हो। थिबो कोट्वाको आत्मघाती गोलले रियल ५४ औं मिनेटमा पछाडि परेको थियो ।

तर त्यसपछि रियलले लगातार चार गोल गरेको थियो। त्यसमध्ये केयलिन एम्बापेले लिगका पछिल्ला तीन खेलमा चौथो गोल गरे। अन्य गोल डानी काराभाजल, रोड्री र भिनिसियस जुनियरको नाममा रह्यो । जितपछि रियलको ६ खेलबाट १४ अंक भएको छ र लिगमा अपराजित छ । अन्य खेलमा भ्यालेन्सियाले जिरोनालाई २–० र ओसासुनाले लास पाल्मासलाई २–१ ले हरायो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार