च्याम्पियन्स लिग : बार्सिलोना मनाकोसँग पराजित

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको लेखमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ । बार्सिलोना मनाकोसँग पराजित भएको हो ।

युवा खेलाडी लमिन यमलको टोलिकालागि गोल गरे पनि टोलिको हार टार्न भने सकेनन् । बिहीबार राति सम्पन्न खेलमा मोनाकोसँग बार्सिलोना २–१ ले पराजित भएको हो । १०औं मिनेटमै एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

त्यसको ६ मिनेटपछि नै म्याग्नेस अक्लिउचेले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए । यद्यपि, २८ औं मिनेटमा लमिन यमलले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । तर, ७१औं मिनेटमा जर्ज इलेनिखेनाले गोल गर्दै मोनाकोलाई जित दिलाए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार