च्याम्पियन्स लिग : पीएसजी, डर्टमन्ड विजयी, म्यानचेस्टर सिटी र इन्टर मिलान बराबरीमा

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा स्पार्टा प्राहा, पेरिस सेन्ट जर्मेइन (पीएसजी), बोरुसिया डर्टमन्ड र सेल्टिक विजयी भएका छन् । गएराति भएका खेलमा स्पार्टा प्राहाले आरबी साल्जबर्गलाई ३–०, पीएसजीले गिरोनालाई १–०, डर्टमन्डले क्लब बुर्गीलाई ३–० र सेल्टिकले स्लोभान ब्राटिस्लाभालाई ५–१ गोलले हरायो । यस्तै बोलोग्ना र शाक्तर डोनेत्स्क र म्यानचेस्टर सिटी र इन्टन मिलानले भने गोलरहित बराबरी खेलेका छन् ।

च्याम्पियन्स लिगमा आज पनि ६ वटा खेल हुँदैछन् । ३६ वटा टोली सहभागी प्रतियोगितामा बार्यन म्युनिख शीर्ष, सेल्टिक दोस्रो र एस्टन भिला तेस्रो स्थानमा छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार