नेपालको लज्जास्पद हार, पहिलो पटक क्यानडासँग पराजित

काठमाडौं । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा भ्रमण लज्जास्पद हारबाट सुरुआत गरेको छ । क्यानडाको ओन्टेरियोमा मंगलबार बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो ।

क्यानडासँग नेपाल पहिलोपल्ट एकदिवसीय फर्म्याटमा पराजित भएको हो । गत फ्रेबुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भ्रमणकारी टोली क्यानडालाई सात रन, चार र ९ विकेटले पराजित गर्दै नेपालले तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको थियो ।

यसपल्ट नेपाल त्यही लय दोह¥याउने लक्ष्यमा थियो। तर, क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रन मात्रै बनाउन सक्यो । नेपाली टोलीका तल्लो क्रमका ब्याटर करण केसीले सर्वाधिक २७ रन बनाए । २४ बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। सन्दीप लामिछानले २२, आसिफ शेख २०, भीम सार्की १८, गुलसनकुमार झा १५ र कुशल मल्ल १२ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

क्यानडाका डिलोन हेलिगरले सर्वाधिक पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले ३१ र खर्चिए। अखिल कुमार र अंश पटेलले समान दुई विकेट लिँदा साद बिन जाफरको नाममा एक विकेट रह्यो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार