रास्वपा सभापति रवि लामिछानेलाई कारवाही गर्न संसदीय छानबिन समितिको सिफारिस

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई कारवाही गर्न संसद्को संसदीय छानबिन समितिले सिफारिस गरेको छ । एमालेका सांसद् सुर्य थापाको संयोजकत्वमा गठन भएको छानबिन समितिले रास्वपा सभापति लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक हुँदा सहकारी अनियमितामा मुछिएको भन्दै कारवाही गर्न सिफारिस गरेको छ । संसदीय छानबिन समितिको सिफारिसले रविमाथि नैतिक संटकको समस्या आएको छ ।

संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्क लगायत कम्पनीहरुमा शेयर बिक्री गर्दा कानुनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरुमा पूर्ण नभई कीर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हुँदा भुक्तनाी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको कर तिर्ने बाध्यकारी प्रबन्ध गर्न र स्वेट शेयर सम्बन्धी कानुनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने उल्लेख गरेको छ ।

समितिले सहकारीमा देखिएको समस्या समाधानको लागि सहकारी संस्थाको नियमनका लागि दोस्रो तहको नियमनकारी निकायका रूपमा सहकारी सम्बन्धी विषय हेर्ने मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग प्रत्यक्ष समन्वयमा काम गर्ने स्वायत्त संस्था सहकारी प्राधिकरण स्थापना गर्न सिफारिस गरेको छ । अहिलेको सहकारी विभाग तथा ७५३ वटा स्थानीय तहलाई सहकारीको नियमन गर्ने अधिकार छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार