काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनियमदर सर्वाजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्डेको बढ्दा युरोको विनिमयदर घटेको छ ।
राष्ट्र बैंकले आजका लागि सर्वाजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर एकको खरिददर र बिक्रीदर सोही रहेको थियो । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको विनियमदर भने बढेको छ । आज पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा रहेको थियो ।
त्यस्तै आज युरोको विनिमयदर घटेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०१ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १६ पैसा रहेको थियो । त्यस्तै राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९० रुपैयाँ १८पैसा पुगेको छ ।
सोमबार क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०२ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ २० पैसा र बिक्रीदर १०३ रुपैयाँ ६६ पैसा कायम भएको छ । त्यस्तै आज जापानी ऐन १० खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा कायम भएको छ ।
त्यस्तै कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा कायम भएको छ ।
आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ९४ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९४ पैसा पुगेको छ ।