कोइला अन्त्यको मागमा नेपाली वातावरणवादीहरूको विश्वव्यापी प्रदर्शन

काठमाडौं। कोइलाको छिटो र न्यायसंगत अन्त्यको माग गर्दै नेपाली वातावरणवादीहरू माइतीघर मण्डलामा भेला भएर त्यसको विरोध गरेका छन् । यो प्रदर्शन विश्वव्यापी अभियानको हिस्सा थियो, जसमा ९ देशका ७२ शहरमा कार्यक्रमहरू सञ्चालन भए। प्रदर्शनकारीहरूले कोइला उपयोगको तत्काल समाप्ति, नवीकरणीय ऊर्जामा रूपान्तरण र प्रभावित श्रमिकहरूको उचित व्यवस्थापनको माग गरे।

नेपाली वातावरणवादीहरूका अनुसार नेपालमा औद्योगिक खपतको ४८५ हिस्सा कोइलाबाट पूरा हुन्छ, जसले वातावरणलाई नोक्सान पुर्‍याइरहेको छ। उनीहरूले कोइलाको सट्टा नवीकरणीय ऊर्जामा परिवर्तन गर्न र कारखानाहरूका श्रमिकहरूको लागि रोजगारीको उचित प्रबन्ध गर्न माग गरेका छन्। साथै, विश्वभर नयाँ कोइला परियोजनाहरू बढिरहेको र यसले वातावरणमा नकारात्मक असर गरिरहेकोमा चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सरकार र कम्पनीहरूलाई तत्काल कोइलाको विस्तार रोक्न आह्वान गरेका छन्।

धनी देशहरूले कोइला परियोजनाहरूलाई अझै पनि वित्तीय समर्थन गरिरहेको आलोचना पनि भएको छ। वातावरणविद बिप्लव स्वर्णाकारले ग्लोबल नर्थमा कोइलाको खपत घटेको भए पनि, अमेरिका, क्यानडा, र बेलायतजस्ता देशहरूले एसियामा नयाँ कोइला पूर्वाधारको विकासमा आर्थिक सहयोग गरिरहेको बताए। यो धनी देशहरूको दोहोरो नीति भएको वातावरणवादीहरूको भनाइ छ।

विश्वभरका नेताहरूले सेप्टेम्बर २२–२३ मा संयुक्त राष्ट्र संघको ूसम्मिट फर द फ्यूचर २०२४ू सम्मेलनमा कोइला परियोजनाहरू समाप्त गर्ने सहमति गर्ने अपेक्षा गरिएको छ। त्यस्तै,COP28 जलवायु सम्मेलनमा पनि कोइलाबाट स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने विषयमा छलफल हुने छ। यसैबीच, विश्वका ठूला बैंकहरूले कोइला उद्योगलाई वित्तीय सहयोग जारी राखेका छन्। सन् २०२१ देखि २०२३ सम्म बैंकहरूले कोइला परियोजनाहरूमा ४७० अर्ब अमेरिकी डलरको ऋण र लगानी गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार