सेयर बजारमा हरियाली, परिसूचक ७८ अंकले बढ्दा कारोबार रकममा पनि सामान्य सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उच्च अंकको सुधार देखिएको छ । आइतबारदेखि बुधाबारसम्म घटेको बजार परिसूचक कारोबार हुने साताको अन्तिम दिनमा उच्च अंकले बढेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ७८ दशमल १७ अंकले बढेको हो । यो अघिल्लो दिनको तुलानामा २.९९ प्रतिशतले बढी हो । आको कारोबार बन्द हुँदा परिसूचक २६८८ दशमलव ३८ विन्दुमा पुगेको छ । आज सेयर बजमार २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्सन पनि १३ दशमलव ४० अंकले बढेर ४७६ दशमलव ४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्य बढेको छ भने १ वटाको उपसूचकको सेयर मूल्य भने घटेको छ ।

आज परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजमार ८ अर्ब बढीको कारोबार भएको छ । अघिल्लो दिन भने ६ अर्ब ८५ करोड बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर १ लाख ३ हजार ४६२ पटक खरिद बिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार