विश्वकप तथा कोपा अमेरिका विजेता अर्जेन्टिना कोलम्बियासँग पराजित

काठमाडौं । जेम्स रोड्रिग्वेजले पेनाल्टीबाट गरेको गोलको मद्दतमा कोलम्बियाले कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ । कोपा अमेरिकाको फाइनलपछि चोटका कारण मैदानबाहिर रहेका लिओनल मेसीलाई अर्जेन्टिनाले गुमाएको थियो ।

रोड्रिग्वेजले उपलब्ध गराइदिएको बलमा गोल गर्दै २५औं मिनेटमा यार्सन मस्जिद्राले गोल गर्दै कोलम्बियालाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४८ औं मिनेटमा निको गोन्जालेजले अर्जेन्टिनालाई बराबरीमा ल्याए। रोड्रिग्वेजले खेलको ६०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमपोलिटानो स्टेडियममा घरेलु टोलीलाई जित दिलाए ।

‘यो अर्जेन्टिनाविरुद्ध ठूलो जित हो। मौसम कठिन थियो। धेरै गर्मी थियो, तर हामीले उत्कृष्ट खेल खेल्यौं। न्यायोचित जित हो,’ रोड्रिग्वेजले भने । गत जुलाईमा कोलम्बियालाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि उचालेको थियो । सन् २०१९ यता अर्जेन्टिनामाथि पहिलो जित हात पारेको कोलम्बिया दक्षिण अमेरिकी विश्वकप छनोटमा अपराजित छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार