हालान्डको गोलमा नर्वेको पहिलो जित

काठमाडौं। एर्लिङ हालान्डको गोलसँगै नर्वेले नेसन्स लिगमा पहिलो जित हासिल गरेको छ। उलेभालमा सोमबार राति भएको खेलमा नर्वेले अस्ट्रियालाई २-१ ले पराजित गरेको हो। योसँगै नर्वेले दुई खेलबाट चार अंक जोडेको छ।

नर्वेलाई पहिलो खेलमा काजकिस्तानले गोलरहित बराबरीमा रोकेको थियो। अस्ट्रियाको भने समान खेलमा एक अंक छ।  फेलिक्स हर्न मिहरेको गोलमा नर्वेले सुरुआती अग्रता लिएको थियो। तर, नवौं मिनेटमा लिएको त्यो अग्रता नर्वेले जोगाउन सकेन।

प्याट्रिक विमरले उपलब्ध गराइदिएको बलमा मार्सेल सबिट्जरले गोल गर्दै अस्ट्रियालाई खेलमा फर्काए। तर, निर्धारित खेल सकिन १० मिनेट बाँकी हुँदा हाल्यान्डले गोल गर्दै नर्वेलाई तीन अंक दिलाए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार