सेयर बजार राताम्य, ९ अर्बको कारोबार हुँदा परिसूचक २७ सय भन्दा तल

काठमाडौं । सोमबार पनि पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन पनि २५ अंक माथिको गिरावट आएको बजारमा आज पनि करिब ५६ अंकको गिरावट आएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ५५ दशमलव ८६ अंकले घटेर २६४६ दशमलव ०३ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा २.०६ प्रतिशतले कम हो । पछिल्लो समय लगातार रुपमा बजार घटीरहेको छ । आज सेयर बजारमा जम्मा २२ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो । त्यस्तै २२२ कम्पनीको सेयर मूल्य घटेको छ ।

परिसूचकसँग आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १० अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आज ९ अर्ब भन्दा केही मात्रै बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर १ लाख ११ हजार ९८६ पटक खरिद बिक्री हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ५३ अंकले घटेर ४६९ दशमलव १८ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.१९ प्रतिशतले कम हो । आज सेयर बजारमा १३ उपसूचकमध्ये १३ वटाकै सेयर मूल्य घटेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार