चम्पा देवि युवा क्लबद्वारा आयोजना गरेको सावीक वडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छेवार युवा क्लबलाई

काठमाडौं । चम्पा देवि युवा क्लबद्वारा आयोजना गरेको चम्पादेवि वडा साविक खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छेवार युवा क्लबले हात पारेको छ । फाइनमा सगरमाथ सिर्जना सिल युवालाई पराजित गर्दै छेवारले उपाधि जितेको हो ।

उपाधि सहित विजेता छेवार युवा क्लबले नगद ७ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उप विजेता बनेको सगरमाथाले ५ हजार रुपैयाँ ट्रफि प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा उन्नतिशिल युवा क्लब तेस्रो भएको छ । उन्नतिशिलले ३ हजार नगद सहित ट्रफि हात पारेको छ । चौथो भएको भएको टोलिलाई १ हजार ४०० रुपैयाँमा पुरस्कार प्रदान गरिएको चम्पा देवि युवा क्लबका अध्यक्ष छोङ्सोना शेर्पाले जानकारी दिए ।

भलिबल प्रतियोगितामा बिजेता खेलाडीहरुलाई वडा अध्यक्ष होम बहादुर मगर र महिला वडा सदस्य पासाङ पुटी शेर्पाले ट्रफि शिल्ड प्रमाण–पत्र वितरण गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार