पर्यटन बोर्डको सीईओमा जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी लाहे थापाले जानकारी दिए ।

जोशी यसअघि पनि बोर्डको सीईओ भइसकेका व्यक्ति हुन् । उनले सन् २०१५–२०२० सम्म बोर्डको सीईओका रुपमा काम गरेका थिए । यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठन भएको उपसमितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिले बोर्डका पूर्व सीईओ धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार