इङ्ल्यान्डको सीमित ओभरको प्रशिक्षकमा म्याकुलम

काठमाडौं। इङ्ल्यान्डले सीमित ओभरको टोलीको मुख्य प्रशिक्षकमा ब्रेन्डन म्याकुलमलाई नियुक्त गरेको छ। उनी यसअघि नै टेस्ट टोलीको मुख्य प्रशिक्षक भइसकेका छन्। म्याकलमले इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी)को नयाँ तीन वर्षको सम्झौतालाई स्वीकार गरेका छन्।

यो सम्झौता मंगलबार थपिएको थियो र उनी २०२७ को एकदिवसीय विश्वकपसम्म टोलीको प्रशिक्षक रहनेछन्। यद्यपि, सेतो बल क्रिकेटमा उनको कार्यकाल औपचारिक रूपमा जनवरी २०२५ मा भारत भ्रमणबाट सुरु हुनेछ। त्यतिन्जेल मार्कस ट्रेस्कोथिक टोलीको अन्तरिम मुख्य प्रशिक्षक रहनेछन्। उनीहरूको पहिलो ठूलो चुनौती च्याम्पियन्स ट्रफी हुनेछ। यसअघि जुलाईमा इङ्ल्यान्डले एकदिवसीय र ट्वान्टी–२० विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि सीमित ओभरका मुख्य प्रशिक्षक म्याथ्यु मोटलाई हटाएको थियो।

रिकी पोन्टिङ, ओन मोर्गन र एन्डी फ्लावर पनि यो पदका लागि दावेदार थिए। यसअघि मे २०२२ मा म्याकुलम टेस्ट टोलीको प्रशिक्षक बनेपछि उनले एकदिवसीय र ट्वान्टी–२० क्रिकेटको प्रशिक्षक बन्न आनाकानी गरेका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार