पाकिस्तानविरुद्ध बंगलादेशलाई ऐतिहासिक टेस्ट सिरिज

काठमाडौं । बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज ऐतिहासिक रुपमा जितेको छ । पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्ट ६ विकेटको जित निकाल्दै सिरिज २–० ले आफ्नो पक्षमा परेको हो । पहिलो टेस्ट पाहुना टोलीले १० विकेटले जितेको थियो ।

घरेलु टोलीले दिएको १ सय ८५ रनको लक्ष्य बंगलादेशले पाँचौं तथा अन्तिम मंगलवार ४ विकेट गुमाएर पूरा गयो । बंगालादेशका जाकिर हसनले सर्वाधिक ४०, कप्तान नजमुल हसन शान्तोले ३८, मोमिनुल हकले ३४, शद्मान इस्लामले २४ तथा मुस्फिकुर रहिमले २२ रन बनाए । पाकिस्तानका मिर हम्जा, खुर्रम शाहजाद, अबरार अहमद र आगा सलमानले समान १ विकेट लिए ।

घरेलु टोलीले पहिलो इनिङमा १२ रनको सामान्य अग्रता लिएको थियो । उसले दोस्रो इनिङमा १ सय ७२ रन मात्र थप्न सक्यो । उसका लागि आगा सलमानले सर्वाधिक ४७, मोहम्मद रिजवानले ४३, कप्तान शान मक्सुदले २८, सैयब अबयुले २० रन जोडे । पाहुना टोलीका लागि हसन महमुदले १४.३ ओभरमा ४३ रन खर्चिएर ५ विकेट लिए । नहिद रानाले ४ तथा तस्किन अहमदले १ विकेट लिए । लिटन दासको शतकको मद्दतमा पाहुना टोलीले पहिलो इनिङमा मध्यम योगफल तयार गरेको थियो । पाहुना टोली पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भएको थियो ।

बंगालादेशका दासले २ सय २८ बलमा सर्वाधिक १ सय ३८ रनको शतकीय पारी खेले । बंगलादेश एक समय २६ रन बनाउदा ६ विकेट गुमाएर खराब अबस्थामा पुगेको थियो । सातौं विकेटका लागि मेहेदी हसन मिराज र दासले १ सय ६५ रनको महत्वपुर्ण साझेदारी गरेर पाहुना टोलीलाई मध्यम योगफलसम्म पुर्याए ।

मिराजले १ सय २४ बलमा ७८, हसन महमुदले नट आउट १३ तथा शाद्मान इस्लामले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका खुर्रम शाहजादले २१ ओभरमा ९० रन खर्चिएर ६ विकेट लिए । मिर हम्जा र आगा सलमानले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर घरेलु टोलीले ब्याटिङको निम्तो पाएकोमा २ सय ७४ रनमा अल आउट भएको थियो ।

घरेलु टोलीका सैयब अबयु, कप्तान शान मक्सुद र आगा सलमानले अर्धशतकीय पारी खेले । अबयुले सर्वाधिक ५८, कप्तान मक्सुदले ५७ र सलमानले ५४ रन बनाए । बाबर अजामले ३१, साउद सकिलले १६, खुरम शाहजादले १२ तथा अबार अहमदले ९ रन जोडे । पाहुना टोलीका मिराजले २२.१ ओभरमा ६१ रन खर्चिदै ५ विकेट लिए । तस्किन अहमदले ३ तथा नहिद राना र शकिब अल हसनले समान १ विकेट लिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार