अमेरिकी डलरसँग नेपाली रुपैयाँ थप कमजोर, पाउण्ड र युरोको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ थप कजमोर बनेको छ । आज युरो र पाउण्डको मूल्य घटेपछि अमेरिकी डलरको मूल्य अघिल्लो दिनको तुलनामा बढेको हो ।

केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा रहेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरोको विनिमयदर भने घटेको छ । आज एक युरोको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४८ रुपैयाँ २६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा रहेको थियो ।

त्यस्तै आज पाउण्डको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा पुगको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७६ पैसा रहेको थियो ।

त्यस्तै राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा पुगेको छ । यता क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

त्यस्तै आज जापानी ऐन दशको खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा कायम भएको छ ।

त्यस्तै कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४४० रुपैयाँ ६४ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २४ पैसा पुगेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार