काठमाडौं । गर्यो भने के सम्भब हुँदैन र । मानिसले मन र मस्तीष्कबाट आँट गरेको खण्डमा जुनसुकै काममा पनि सफलता हासिल गर्न सक्छ भन्ने कुराको उदाहरण हुनुहुन्छ माया शेर्पा । नेपालको पर्वतारोहरणमा उहाँले देखाउनु भएको साहासलाई उच्च सम्मान गर्नै पर्छ । सानै उम्मेरमा ट्रेकिङ क्षेत्रमा लागेर अहिले सफल महिला आरोहीका रुपमा रहेकी शेर्पा आम नेपाली महिलाका लागि प्रेरणाको स्रोत नै हुन भन्दा फरक नपर्ला ।
जो सानै उमेरमा चुनौतिपूर्ण मानिएको ट्रेकिङ क्षेत्रमा लागेर आम नेपालीको लागि उदाहरणीय पात्र बन्न सफल हुनु भएको छ । बिना अक्सीजन च्योयु हिमाल आरोण गर्ने पहिलो महिला बन्ने देखि माउन्ट केटु हिमाल आरोहण गर्ने पहिलो महिला दलको सदस्यसम्मको सौभाग्य पाउनु भएकी शेर्पाको ट्रेकिङ गाइड देखि बिना अक्सीजन हिमाल आरोहण गर्दा सम्मको अनुभव द शेर्पा टाइम्सको “मेरो कथा”को यो श्रीङ्खलामा ।
पूर्वी पहाडी जिल्ला ओखलढुङ्गाको तत्कालिन पात्ले गाउँविकास समिति (हालको खिजेदेम्बा गाउँपालिका वडा नम्बर ९) रिपालमा बुबा पासाङ शेर्पा र आमा याङजी शेर्पाको कोखबाट वि.स.२०३४ सालमा जन्मनु भएकी माया शेर्पा हिमाल आरोहणको क्षेत्रमा नेपाली महिलाका लागि आइडल नै हुनुहुन्छ ।
ट्रेकिङ गाइडदेखि सवल पर्वतारोही शेर्पा अहिले पनि पर्वतारोहणमा सक्रिय रहनु भएको छ । बाल्यकाल ओखलढुङ्गा र स्याप्रुबेसीमा बताउनु भएकी आरोही शेर्पाको किशोरा अवस्था भने काठमाडौंमा नै वित्यो । बुबा पासाङ शेर्पा सडकको ठेक्का पट्टाको काम गर्ने भएकाले उहाँले स्याप्रुबेसीमा गएर बस्ने र अध्ययन गर्ने मौका पनि पाउनु भयो ।
उहाँले २ कक्षासम्म ओखलढुङ्गाको रिपाल गाउँमा नै पढ्नु भयो । त्यस पछि भने उहाँको पढाइ स्यप्रुबेसिमा भयो । त्यहाँबाट काठमाडौं आए पछि भने उहाँले काठमाडौंमा नै अध्ययन गर्नु भयो । बुबा आमा गाउँ गए पनि मायाले भने काठमाडौंमा ठूलोबुबासँगै बसेर अध्ययन गर्ने मौका पाउनु भयो । कक्षा १२ सम्मको औपचारीक अध्ययन सकेपछि उहाँले ट्रेकिङ गाइडको रुपमा काम गर्न थाल्नु भयो । सन् २००१ मा उहाँले ट्रेकिङ गाइडको रुपमा काम गर्न सुरु गर्नु भयो ।
Mount K2 शिखरको यात्रामा
ट्रेकिङ गाइडका रुपमा काम सुरु गर्दा उहाँको पहिलो ट्रेक नै अरुण भ्यालिको ट्रेक थियो । जुन निकै चुनौति पूर्ण मानिन्छ । ४५ दिनको त्यो लामो यात्रामा उहाँलाई निकै गाह्रो भयो । एक त उहाँका लागि पहिलो थियो । त्यस माथि पनि ४५ दिनको लामो र कहाली लाग्दो त्यो यात्रा नै उहाँको अहिलेको सफलताको पहिलो खुडकिलो हो । त्यो समय उहाँका लागि यति चुनौति पूर्ण थियो कि एकातिर भौगोलिक विकटता थियो । अर्को तर्फ त्यो समयमा तत्कालिन माओवादी द्धन्द्धको समय थियो । त्यो पनि पहिलो पटकको काम । तर उहाँले हरेस खानु भएन् । आफ्नो कर्ममा दतचित्त भएर लाग्नु भयो ।
मेरा हिमालको शिखरमा
दत्तचित्तका साथ लागे पछि उहाँले यसमा सफलता पनि पाउनु भयो । त्यतिबेलाको त्यो दुःखले अहिले उहाँलाई सफल बनाएको छ । यदि त्यो समयमा उहाँले हार खाएको भए उहाँलाई मया शेर्पाका रुपमा कसैले पनि चिन्ने थिएनन् । तर अहिले उनलाई नेपालमा मात्रै होइन विश्वले चिनेको छ । आम नेपाली महिलाहरु चुलो चौकोमा सिमित रहँदा उहाँ भने हिमाल चढ्न आउने विदेशीलाई लिएर हिमाली भेगको यात्रामा जानु हुन्थ्यो । त्यस पछि आफै पनि त्यो हिमाल चढ्ने आँट गर्नु आफैमा ठूलो चुनौति पूर्ण काम थियो मायाका लागि । उहाँलाई यो काममा परिवारको पूर्ण साथ र सहयोग मिल्यो । जसले गर्दा यो क्षेत्रमा उहाँलाई सबै सफलता हासिल गर्नका लागि सहज भयो ।
उहाँ आफूलाई भाग्यमानी पनि मान्नु हुन्छ । जहाँ ट्रेकिङका रुपमा काम गर्नु हुन्थ्यो त्यहाँ उहाँलाई हिमाल चढ्ने मौका पनि आयो । त्यो पनि काम सुरु गरेको दुई वर्षको अवधिमा । सन् २००१ मा काम सुरु गरेको कम्पनीबाट २००३ मा उहाँलाई हिमाल चढ्ने मौका मिल्यो । ट्रेकिङ गर्दाको अनुभव र हिमालका बारेका दुई वर्षसम्म बुझेकाले हिमाल चढ्नका लागि पनि उहाँलाई निकै सहजिलो भयाे। पहिले पनि खेलकुदमा रुची राख्ने मायालाई सन् २००३ मा आमादब्लम हिमाल आरोहण गर्ने अवसर मिल्यो । जहाँ उहाँले सफता पाउँनु भयाे ।
हिमाल आरोहण पछि आउँदाको सम्मान
१७ वर्षको उमेरमा ट्रेकिङ पेशा समाल्नु भएकी शेर्पाले आमादब्लम हिमाल आरोहण गरेर आउँदा जुन किसिमको सम्मान मिल्यो त्यसबाट थप हौसाला मिलेको बताउनु हुन्छ । निकै चुनौतिपूर्ण मानिने उक्त हिमाल आरोहण गर्ने उहाँ पहिलो नेपाली महिला समेत बन्नु भयो । ‘दुइ वर्षको टेकिङ पछि आमादब्लम हिमाल चढ्न मौका पाएँ । ट्रेकिङ गर्दाको अनुभवले हिमाल चढ्न सजिलो भयो । काठमाडौं फर्किदा धेरैले प्रतिक्षा गरेर बसेका सञ्चार माध्यमदेखि संघ सस्थाहरु,आफ्न्त साथिभाइ देख्दा निकै उत्साह थप्यो । म आमादब्लम हिमाल चढ्ने पहिलो महिला हुँ । निरन्तर रुपमा अन्तर्वार्ताहरुका लागि पनि फोनहरु आउन थाले,’ उहाँले आफ्नो अनुभव सुनाउनु भयो ।
पुमरी हिमालको शिखरमा
आमादब्ल हिमाल आरोहण गर्ने पहिलो महिला भनेर जुन किसिमको सम्मान र हौसला मिल्यो त्यस पछि भने उहाँले हिमाल चढ्ने कामलाई नै पेशा बनाएर निरन्तर रुपमा हिमाल आरोहण गरिरहनु भएको छ । त्यस पछि लगत्तै उहाँलाई माउन्ट पुमरी हिमाल चढ्ने मौका मिल्यो । उहाँ त्यो हिमाल चढ्ने पनि पहिलो महिला नै बन्नु भयो । उहाँ जहाँ जानु भयो पहिलो नै बन्नु भयो । सगरमाथा आरोण गर्ने पहिलो महिला पासाङ ल्हामु शेर्पा हुनुहुन्थ्यो । त्यस पछि भने माया शेर्पाले जहाँ चढ्नु भयो त्यहाँ प्रायः पहिलो नेपाली महिला बन्ने सौभाग्य पाइनै रहनु भयो । ३ पटक सगरमाथा आरोहण गर्नु भएकी माया नेपालबाट सगरमाथा आरोण गर्ने महिलाको सूचीमा पनि छैटौँ नम्बरमा पर्नु हुन्छ ।
पहिलो सगरमाथा आरोहणको त्यो क्षण
जहाँ नेपालीको मात्रै होइन पुरै विश्वका मानिसको पाइला राख्ने चाहाना हुन्छ । कति सफल हुन्छ त कति आधार शिविरबाट फर्किन्छन् । तर, माया शेर्पाले सन् २००६ मा पहिलो पटक सगरमाथामा पाइला टेक्न सफल हुनु भयाे । उहाँले सगरमाथा आरोहण गरेर विश्वको सबै भन्दा अग्लो ठाउँमा पाइला राख्नु भयो ।
त्यसको अर्को वर्ष सन् २००७ मा फेरि नर्थ दिशाबाट पनि सगरमाथा आरोहण गर्नु भयो । उहाँले पहिलो हिमाल आरोहण गरे पछि हिमाल आरोहणका लागि एक पछि अर्को अवसर आइनै रहयो । मानौँ उहाँलाई हिमाल चढ्नु भनेको सामान्य जस्तै नै भइसक्यो । त्यस्तै उहाँले अन्नपूर्ण हिमालको पनि सफल आरोहण गर्नु भयो । त्यहाँ पनि उहाँ पहिलो महिला नै बन्नु भयो । तर, अन्नपूर्ण पहिलो हिमाल आरोहणमा भने उहाँ एक्लै नभएर संयुक्त रुपमा टिमका साथ चढ्न सफल हुनु भयो ।
वैबाहिक जीवनको सुरुवात
आम नेपाली नारीको जस्तै उहाँलाई पनि घर परिवार र आफन्तबाट विबाहको कुरा आयो । यो बीचमा उहाँले सन् २००६ मा बिबाह समेत गर्नु भयो । त्यो पनि आफ्नै क्षेत्रमा रहेको व्यक्तिसँग । उहाँ डच नागरिक अर्नाल्र्ड कोस्टरसँग २००६ मा बैवाहिक बन्दनमा बाँधिनु भयो । आफ्नै क्षेत्रमा व्यक्तिसँग विबाह गर्दा यो पेशा छाड्नु पर्दैन भन्ने सोचका साथ आफ्नै टिमको लिडरसँग उहाँले बिबाह गर्नु भयो । त्यस पछि उहाँहरु दुई जनाले सँगै धेरै हिमालहरु पनि आरोहरण गर्नु भयो । शेर्पा र कोस्टरकी एक छोरी रोज दावा कोस्टर छिन् । १४ वर्षकी कोस्टर अहिले कक्षा ८ मा अध्ययनरत छिन् ।
उहाँलाई हिमाल आरोहणमा वैवाहिक सम्बन्धले पनि कुनै बाधा पुगेन । किन भने उहाँको जीवन साथी पनि उहाँलाई सहयोग गर्ने भावनाको हुनुहुन्थ्यो । उहाँलाई हिमाल आरोहणका लागि रोक्यो त केबल मातृ बास्यलेले । कुनै पनि नारीका लागि आमा बन्ने कुरा आफैमा ठूलो सौभाग्य हो । त्यो सौभाग्य उहाँलाई सन् २०१० मा मिल्यो । उहाँले आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिनु भयो । छोरीको हेरचाह गर्नका लागि उहाँले आफ्नो पेसामा ५ वर्षको विश्राम लिनु पर्यो । कुनै पनि पेशामा लामो सयको विश्राम आफैमा कठीन हुन्छ । त्यस पछि फेरि त्यो पेशामा पुनःस्थापित हुनका लागि निकै महेनत गर्नु पर्छ । माया शेर्पा त्यसमा पनि सफल हुनु भयो । छोरी हुर्केपछि उहाँको टिमले पाकिस्तामा रहेको माउन्ट केटु हिमालको सफल आरोहण गर्न सफल भयो । जुन विश्वको दोस्रो अग्लो हिमाल हो । माया घरमा छोरीलाई हुर्काउँदा पनि मनमा भने हिमाल आरोहणका सपना सजाएर बस्नु भएको थियो ।
मनास्लु हिमालको शिखरमा
जब छोरी हुर्केर विद्यालय जाने उमेर भयो उहाँको हिमाल यात्राले फेरि निरन्तरता पायो । घरमा छोरीसँग मातृत्त्व साट्दै गर्दा पनि माया शेर्पाको मन भने ती हिमालहरुको प्ररिक्रमा गरिरहेको हुन्थ्यो । साथीहरुले हिमाल चढेको तस्बिरहरु सामाजिक सञ्जालमा राख्दा भने उहाँको मन खिन्न हुँथ्यो । तर, सन्तानका लागि उहाँले आफ्नो मनलाई गाँठो पारेर बस्नु भयो ।
मातृत्व पछि पुनरागमन
छोरीलाई हुर्काए पछि उहाँले फेरि हिमाल चढ्ने निधो गर्नु भयो । निकै चुनौतिका साथमा । साथीहरु हिमाल चढेको देख्दा आफूले पनि फेरि कहिले हिमालको चुचुरोमा पाइला राख्न पाइएला भनेर दिन गनेर बस्नु भएकी मायलाई सन् २०१४ मा माउन्ट केटु हिमाल आरोहणको अवसर आयो । उहाँले यो अवसरलाई खेर जान दिनु भएन । छोरी हुर्काउनका लागि घरमा बस्दा पनि उहाँले समय मिलाएर ट्रेकिङका विभिन्न संघसंस्थाहरुसँग निरन्तर सम्पर्क गरिनै रहनु भयो ।
उहाँ आमा बन्नु भन्दा पहिले मकालु हिमालमा पाइला टेक्ने योजनामा हुनुहुन्थ्यो । आमा बन्ने थाहा पाए पछि सन २०१० मा मकालु आरोहणको योजना भने रोकियो । केही समयका लागि रोकिएको त्यो योजनालाई उहाँले निरन्तरता दिएर अघि बढ्नु भयो । हिमाल आरोहणमा सफलता पाउनका लागि आत्मबल भन्दा पनि समाज र परिवारको साथले सफलता मिलेको उहाँ सुनाउनु हुन्छ । आत्मबल सबै क्षेत्रमा आवश्यक पर्छ । परिवारको साथ बिना कुनै पनि काम सफल हुन नसक्ने उहाँको बुझाइ छ ।
आमा बनिसके पछि भने उहाँलाई साथीहरुले हिमाल आरोहणमा नजानका लागि सल्लाह दिएका थिए । तर, उहाँको मनले मानेन । साथीहरुले आमा बनिसके पछिको शारिरीक अवस्थाका कारण हिमाल आरोहण गर्न नसक्ने भएकाले नजान सल्लाह दिएका थिए । यतिसम्म कि हिमाल चढेर आउँदा पनि साथीहरुले उहाँले हिमाल चढ्न सक्छ भनेर नसोचेको प्रतिक्रिया दिने गरेको उहाँको अनुभव छ ।
साथीहरुले सकिँदैन भनेको कुरालाई उर्जाका रुपमा लिएर उहाँले माउन्ट केटु सफल रुपमा आरोहण गर्नु भयो । माउन्ट केटु विश्वकको दोस्रो अग्लो हिमाल हो । जुन पाकिस्तानमा रहेको छ । शारिरीक रुपमा केही वजन बढेको भए पनि मानिसिक रुपमा पूर्ण रुपमा तयार भएकाले माउन्ट केटु आरोहण गर्न सफल भएको उहाँले सुनाउनु भयो ।
k2 हिमालको शिखरमा सहकर्मी महिला पर्तारोहीसंग
मायाले माउन्ट केटु चढ्न जान्छु भन्दा सबै अच्चमामा परेको थियो । तर, उहाँको आँट र हिम्मतका कारण त्यसमा पनि सफलता मिल्यो । माया माउन्ट केटु हिमालको आरोहण गर्न जाँदा पहिलो पटक प्रायोजक खोजेर चढ्नु भएको थियो । उहाँलाई त्यो बेला शेर्पा समुदाय र केही बाहीरबाट पनि सहयोग मिल्यो र हिमाल चढ्नमा सफलता मिल्यो । उहाँको त्यो समूहले माउन्ट केटु चढ्नु भन्दा पहिला ६ जना अन्य महिलाले पनि त्यो हिमाल आरोहण गरेका रहेछन् । तर, उनीहरुको निधन भइसकेकाले माया शेर्पाहरुको समूहलाई राष्ट्रिय देखि अन्तराष्ट्रिय मिडियाहरुले निकै महत्वका साथ स्थान दिए । माउन्ट केटु आरोहण गर्ने दलमा रहनु भएकी मायाले त्यहाँ पनि पहिलो हुने मौका पाउनु भयो । एकल नभए पनि संयुक्त रुपमा उहाँको टिमले माउन्ट केटु हिमाल चढ्ने पहिलो महिलाको रेकर्ड बनायो । माउन्ट केटुमा त्यस भन्दा अघि कुनै पनि नेपाली महिलाहरुले आरोण गरेका थिएनन् ।
त्यस पछि पनि उहाँले आफ्नो हिमाल आरोहणको यात्रालाई निरन्तता दिइरहनु भएको छ । उहाँले आमा बनिसके पछि सकिदैन कि भन्ने महिलाहरुका लागि पनि उदाहरण छोड्नु भयो । मन बचनले लाग्यो भने कुनै पनि काम असम्भव हुँदैन भन्ने उदाहरणका रुपमा उहाँले आफूलाई प्रमाणित गरेर देखाउनु भयो ।
मकालु हिमालको शिखरमा
उहाँले ट्रेकिङ गर्ने बेलाको जस्तो असहज अवस्था अहिले छैन । राजनीतिक रुपमा र पूर्वाधार तथा प्रविधिका रुपमा पनि अहिले निकै सहज भएको छ । उहाँले ट्रेकिङ गर्ने समयमा टेलिफोन गर्नका पनि निकै समस्या थियो । तर अहिले हेरेक ठाउँमा इन्टरनेट पुगेको छ । त्यस्तै आम मानिसमा आएको परिवर्तनले गर्दा पनि महिलालाई काम गर्न सहज छ । तर उहाँले सुरु गरेको समयमा भने निकै असहज थियो । उहाँहरुले काम गर्दाको समयमा होटलहरु पनि कम थिए । जसले गर्दा धेरै व्यक्तिहरु एकै ठाउँमा सुत्नु पर्ने बाध्यता पनि थियो । त्यो बेलामा सामान्य टि हाउसहरु हुने गरेका थिए । खानाको लागि पनि समस्या थियो । बाटोको समस्या त्यस्तै ।
त्यो बेला घरबाट निस्केपछि फोन गर्नका लागि पनि निकै गाह्रो हुन्थ्यो । घरमा सुरक्षित छु भन्नका लागि पनि महिनौ लाग्ने गर्थेो । तर अहिले त्यस्तो छैन । त्यो बेला टेलिफाने पनि निकै महंगो थियो । जसल गर्दा लामो समयसम्म परिवारलाई जानकारी दिन सक्ने अवस्था हुदैन थ्यो । अहिले यी समस्याहरु छैनन् ।
आर्थिक रुपमा यो पेशा निकै राम्रो रहेको उनको बुझाइ छ । यो क्षेत्रबाट राम्रो आम्दानी गर्न सकिन्छ । सिक्ने मौकाहरु पाइन्छ । विदेशीबाट सिकेर निखारता ल्याएर काम गर्न सकिने उहाँले सुनाउनु भयो । केही विदेशीहरु आफ्नै लगानीमा आउँछन भने कोही प्रायोजक खोजेर आएका हुन्छन् । विदेशी भन्दा कम लागत भए पनि आर्थिक रुपमा प्रायोजक नभएर वा आर्थिक अवस्था बलियो नभएसम्म हिमाल चढ्नका लागि समस्या हुने माया शेर्पाको अनुभव छ ।
मनास्लु हिमालको शिखरमा
‘हिमाल आरोहरणमा मेरो परिवारका सदस्यको पूर्ण सहयोग छ । तर अहिले भने अब धेरै भयो परिवालाई पनि समय दिनु पर्छ भन्ने कुराहरु भइरहका छन्,’ उहाँले भन्नु भयो । अहिले हिमाल आरोहण सम्बन्धी अनुभव आदानप्रदान गर्ने काम पनि उहाँ व्यस्त हुनुहुन्छ । अहिले उहाँ एभरेष्ट समिट एसोसिएसनको अध्यक्षका रुपमा पनि कार्यरत रहनु भएको छ । जहाँबाट आरोही र आरोहणका क्रममा भोग्नु परेका समस्याहरु सरकारसम्म पु¥याउने काममा पनि उहाँ लागि रहनु भएको छ ।
पहिलो ट्रकिङमा जाँदा उहाँले कति रकम कमाउनु भयो एकिन छैन । तर २० देखि ३० हजार रुपैयाँ कमाएको हुन सक्ने उहाँ बताउनु हुन्छ । तर अहिले भने उहाँ हिमाल आरोहणका अनुभवहरु साटेर नै आम्दानी गरिरहनु भएको छ । हिमाल आरोहणका अनुभवहरु आदानप्रदान गर्नका लागि उहाँ विदेश पनि जानु हुन्छ । उहाँलाई पुरुष भन्दा पनि महिलाहरु भएको ठाउँमा आफ्ना अनुभव आदानप्रदान गर्न सजिलो लाग्छ । उहाँका कुरा सुनेर कति महिला रोएका पनि छन् । घर परिवारलाई सम्मालेर पनि अघि बढेको भन्दै धेरै विदेशीहरु उहाँलाई अंगालो हालेर रुने गरेका छन् । जसले गर्दा यो क्षेत्रमा थप उत्साह थप्ने गरेको उहाँको अनुभव छ ।
बरुन्छे हिमालको शिखरमा
प्राकृतिक रुपमा भरिपूर्ण नेपालमा विदेशीहरु निकै रमाइलो गर्ने उहाँको अनुभव छ । ‘नाम्चे कटेर सगरमाथाको चुचुरो देख्दा नै धेरै उत्साहित हुन्छन । हाम्रो नेपालमा सबै नौलो हुन्छ । तर, परमिट, समयमा उडान नहुने, भिजाको लागि पनि लामो लाइन बस्नु पर्ने अवस्था देखिन्छ । यी समस्यालाई समाधान गरिदिएको खण्डमा भने अझ धेरै राम्रो हुने थियो,’ उहाँले भन्नु भयो । विदेशमा अनुभव सेयर गर्दा रोएको देखेर जुन उत्साह उहाँमा आउँछ त्यो नेपालको राहादानी देखेर गर्ने व्यवहारले भने खिन्न बनाउँछ । विदेशमा नेपालीहरु काम गर्न आउछन भन्ने मानसिकता रहको र हेप्ने प्रवृत्ति रहेको उहाँको अनुभव छ । तर, हरियो राहादानी देखाएर विदा मनाउन आएको भन्दा विदेशीहरु निकै अच्चममा पर्ने गरेको उहाँले सुनाउनु भयो ।
शर्पा भएर हिमाल चढ्न सजिलो भयो भन्ने कुरालाई भने उहाँ मान्नु हुन्न । उचाइमा हुने परिवर्तन सहन गर्ने सक्ने क्षमता केही बढी भए पनि दुख सबैको उस्तै हुने उहाँको अनुभव छ । लेक लाग्ने समस्यामा केही सहजता होला तर शारीरिक रुपमा हुने कठिनाइमा भने कुनै फरक नभएको उहाँ सुनाउनु हुन्छ ।
माया शेर्पाको अबको योजना भनेको यहि पेशामा विताउने छ । विदेशीहरुलाई नेपालमा ल्याएर सुन्दरता देखाएर आम्दानी गर्ने तर्फ लाग्नु पर्ने उहाँको भनाइ छ । यसका अलावा सामाजिक कार्य गर्ने योजना रहेको छ । यसका साथै महिलाहरुलाई जागरुप बनाउन र आत्म निर्भर बनाउनका लागि निरन्तर लागिरहने उहाँको अठोट छ । सरकार छिटो छिटो परिवर्तन हुने कारणले पर्वतारोहणमा भएका समस्याका विषयमा काम गर्न नसकिएको उहाँको अनुभव छ । बीमा देखि आरोहीको मृत्यु पछि सरकारले परिवारलाई पनि सहयोग गर्नु पर्ने कुरा पनि हामीले सरकासँग भनिरहेका छौँ । तर त्यसमा कुनै पहल नभएको उहाँको गुनासो छ ।
एक महिला, एक गृहणी, एक आमा जो आफैले रोजेको क्षेत्रमा लागेर सफलता हासील गरेर देश तथा विदेशमा चर्चा पाइरहनु भएको छ । उहाँले आफ्नो घर परिवार, आफ्न तथा छोरीलाई पनि समय दिनु पर्छ । आम चुलो चौको गर्ने आम नेपाली दिदी बहिनी, आमा, भाउजुहरुका लागि माया शेर्पाको कथाले पक्कै पनि प्रेरणा दिनेछ भन्ने आपेक्षा लिएका छौँ ।