सेयर बजारमा उछाल, परिसूचक १२७ अंकले बढ्दा कारोबार रकम १३ अर्ब बढी

काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार परिसूचक १२७ दशमलव ३२ अंकले बढेको हो ।

पछिल्लो समय निरन्तर घटीरहेको बजारमा आज उच्च अंकको वृद्धि भएर २८२३ दशमलव २५ विन्दुमा पुगेको छ । आज एकै दिन सेयर बजारमा ४.७२ प्रतिशतले वृद्धि भएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटाको मात्रै घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो दिन साढे १० अर्बको कारोबार भएको बजारमा सोमबार १३ अर्ब भन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३३५ कम्पनीका ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर १ लाख ६० हजार ५७९ पटक खरिद बिक्री हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स पनि २२ दशमलव ९४ अंक बढेर ५०३ दशमलव ८३ विन्दुमा पुगेको छ । त्यस्तै फ्लोट इण्डेक्स ९ दशमलव ०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ८ दशमलव १८ अंकले बढेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार