डलरको मूल्य स्थिर, पाउण्ड र युरोको घट्यो, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विदेशी मुद्राको विनियमदर अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्ड र युरोको मूल्य घटेको छ ।

केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा कायम भएको छ । अघिल्लो दिन पनि डलरको सटही दर सोही अनुसार रहेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरोको विनिमयदर घटेको छ । आज एक युरोको खरिददर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।  अघिल्लो दिन युरो एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा रहेको थियो ।

त्यस्तै आज पाउण्डको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबारका पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा रहेको थियो ।
त्यस्तै राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा पुगेको छ । यता क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

त्यस्तै आज जापानी ऐन दशको खरिददर ९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९ रुपैयाँ २० पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा कायम भएको छ ।

त्यस्तै कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर ०५ रुपैयाँ ०९ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७८ पैसा पुगेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार