क्यानडा जानुअघि नेपालले श्रीलंका भ्रमण गर्ने

काठमाडौं। नेपाल क्रिकेट टोली आईसीसी विश्वकप लिग २ को तयारीका लागि श्रीलंका जाने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने भएको हो।

भारतको नेसनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर नेपाल दुई दिनअघि मात्रै स्वदेश फर्किएको थियो। नेपालले भ्रमणमा रहँदा श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा तीन एकदिवसीय अभ्यास खेल खेल्ने क्यानले जनाएको छ।

नेपालले रोहितकुमार पौडेलको कप्तानीमा श्रीलंका भ्रमणलाई १९ सदस्य टोली घोषणा गरिसकेको छ। उक्त टोलीबाट नेपालले क्यानडा जाने अन्तिम टोली पनि घोषणा गर्नेछ।

नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार