अमेरिकी डलरसँग युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्डको मूल्य घटेको छ । अघिल्लो दिन बढेको यी देशका विनिमयदर आज भने केही मात्रामा घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको थियो । त्यस्तै आज घटेको युरो एकको खरिददर १४८ रुपैयाँ ५८ रुपैयाँ र बिक्रीदर १४९ रुपैयाँ २५ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा रहको थियो ।

यसैगरी शुक्रबार बेलायती पाउण्डको विनिमयदर पनि घटेको छ । आज एक पाउण्डको खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४५ पैसा कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा कायम भएको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४० पैसा कायम भएको छ ।

आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६८ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ । शुक्रबारका लागि लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा तोकेको छ ।

त्यस्तै मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्री दर ३१ रुपैयाँ २० पैसा रहेको छ । बिहीबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १० रुपैयाँ १२ पैसा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार