अमेरिकी डलरसँग नेपाली रुपैयाँ थप कमजोर, कुन देशको विनिमयदर कति ? 

आज नेपाल रुपैयाँ थप कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ थप कमजोर भएको हो ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरसँगै युरो, पाउण्ड लगायत विदेशी मुद्राको विनिमयदर बढेको छ । अघिल्लो दिन पनि डलरको मूल्य बढेको थियो । पाउण्डर युरोको मूल्य भने अघिल्लो दिन सामान्य घटेको थियो । आयत मुखु अर्थतन्त्र भएको र विदेशी ऋणको भुक्तानी पनि डलरमा गर्नु पर्ने भएकाले डलरको मूल्य बढ्नु भनेको सम्रग रुपमा नेपालीहरुको भान्सादेखि सरकारको लागतसम्म बढ्नु हो । डलरको मूल्य बढ्दा निर्यातमुखी अर्थतन्त्र भएको मुलुकलाई मात्रै फाइदा पुग्ने अर्थविद्हरुले बताउने गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा पुगेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा पुगेको रहेको थियो । त्यस्तै आज बढेको युरो एकको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा पुगेको छ । अघिल्लो दिन एक युरोको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा रहेको थियो ।

यसैगरी बुधबार बेलायती पाउण्डको विनिमयदर पनि बढेको छ । आज एक पाउण्डको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा पुगेको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७६ रुपैयाँ ६० पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा कायम भएको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८० पैसा र बिक्रीदर १०३ रुपैयाँ २६ पैसा कायम भएको छ ।

आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । बुधबारका लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा तोकेको छ ।

त्यस्तै मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्री दर ३० रुपैयाँ ९६ पैसा रहेको छ । मंगलबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ११ पैसा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार