यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

आइतबार विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । आज अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर रहेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९३ प्रसा र बिक्रीदर १३४ रुपैयाँ ५३ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक युरोको खरिददर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।  यसैगरी आइतबार बेलायती पाउण्डको विनिमयदर पनि स्थिर रहेको छ । आज एक पाउण्डको खरिददर हिजोकै मूल्य १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५५ पैसा कायम भएको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा रहेको छ । शनिबार सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८० पैसा कायम भएको छ ।

आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा कायम भएको छ । आइतबारका लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा तोकेको छ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्री दर ३० रुपैयाँ ७५ पैसा रहेको छ । मंगलबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १ पैसा छ भने बिक्री दर १० रुपैयाँ ६ पैसा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार