सुनको मूल्य तोलामा ५ सय रुपैयाँले सस्तियो, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँ सस्तो भएको छ भने चाँदी १५ रुपैयाँले महंगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९०० रुपैइाँ रहेको थियो । अघिल्लो दिन पनि सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४९३.२६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.२१ डलरमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार