शुक्रबार पनि अमेरिकी डलरको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको डलरको मूल्य आज पनि बढेको हो । आज पनि नेपाली रुपयाँ अमेरिकी डलरको तुलनामा थप कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी विनियदर अनुसार नेपाली रुपैयाँको तुलनामा डलर, युरो, पाउण्ड लगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा रहेको थियो । त्यस्तै आज युरोको विनिदमयदर पनि बढेको छ । आज एक युरोको खरिददर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा रहेको थियो ।
यसैगरी शुक्रबार बेलायती पाउण्डको विनिमयदर पनि बढेको छ । आज एक पाउण्डको खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीरद १७५ रुपैयाँ ३८ पैसा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा कायम भएको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८ पैसा रहेको छ । शुक्रबार सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा कायम भएको ।
आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । शुक्रबार लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा तोकेको छ ।
त्यस्तै मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ६१ पैसा र बिक्री दर ३० रुपैयाँ ७५ पैसा रहेको छ । मंगलबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३ पैसा छ भने बिक्री दर १० रुपैयाँ ७ पैसा रहेको छ । डलरको मूल्य बढ्दा त्यसको प्रभाव नेपालीको भान्सामा समेत पर्ने गरेको छ । नेपालको अर्थतन्त्र आयात मुखी भएकाले डलरको मूल्य बढ्दा सबै क्षेत्रमा मूल्य बढ्ने अर्थविद्हरुको भनाइ छ । नेपालले विदेशबाट सामान ल्याउनु पर्दा र विदेशीलाई तिर्नु पर्ने ऋणको रकम पनि डलरमा नै भुक्तानी गर्नु पर्ने भएकाले नेपाललाई डलरको मूल्य बढ्दा बढी भार पर्ने गर्छ ।
डलरको मूल्य बढ्दा नेपाललाई विदेशबाट आउने रेमिट्यान्स र पर्यटकले गर्न खर्च बाहेक सबै कुरामा घाटा हुने गर्छ ।