नेपाली रुपैयाँ थप कमजोर, बढ्यो डलरको मूल्य

बिहीबार नेपाली रुपयाँ अमेरिकी डलरको तुलनामा थप कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी विनियदर अनुसार नेपाली रुपैयाँको तुलनामा डलर, युरो, पाउण्ड लगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा पुगेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा कायम रहेको थियो ।

त्यस्तै आज युरोको विनिदमयदर पनि बढेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४८ रुपैयाँ १९ पसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा रहेको थियो । यसैगरी बिहीबार बेलायती पाउण्डको विनिमयदर पनि बढेको छ । आज एक युरोको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीरद १७५ रुपैयाँ ३८ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६३ पैसा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २९ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५ पैसा र बिक्री दर ९० रुपैयाँ ४५ पैसा रहेको थियो । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसा रहेको छ । बुधबार सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९६ पैसा कायम भएको ।

आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा कायम भएको छ । बुधबारका लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा तोकेको छ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ५९ पैसा र बिक्री दर ३० रुपैयाँ ७३ पैसा रहेको छ । मंगलबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ २ पैसा छ भने बिक्री दर १० रुपैयाँ ६ पैसा रहेको छ । लडरको मूल्य बढ्दा त्यसको प्रभाव नेपालीको भान्सामा समेत पर्ने गरेको छ । नेपालको अर्थतन्त्र आयात मुखी भएकाले डलरको मूल्य बढ्दा सबै क्षेत्रमा मूल्य बढ्ने अर्थविद्हरुको भनाइ छ । नेपालले विदेशबाट सामान ल्याउनु पर्दा र विदेशीलाई तिर्नु पर्ने ऋणको रकम पनि डलरमा नै भुक्तानी गर्नु पर्ने भएकाले नेपाललाई डलरको मूल्य बढ्दा बढी भार पर्ने गर्छ । डलरको मूल्य बढ्दा नेपाललाई विदेशबाट आउने रेमिट्यान्स र पर्यटकले गर्न खर्च बाहेक सबै कुरामा घाटा हुने गर्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार