अल्मुताइरी श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अबदुल्लाह अल्मुरताइरी श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । श्रीलंकन फुटबल संघले मंगलबार सामाजिक सञ्जालमाफर्त एसिया कप प्लेअफको लागि उनलाई नियुक्त गरेको जानकारी दिएको हो ।

अल्मुताइरीले नेपाललाई सन् २०२१ को साफ च्याम्पियनसिपमा पहिलोपल्ट फाइनलमा पुर्याएका थिए । उनलाई कतार आइस्पारीको सहयोगमा प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ। श्रीलंकाले एसिया कपको प्लेअफ आगामी सेप्टेम्बर ५ र १० मा कम्बोडियाको सामना गर्दैछ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार