इङ्लिस प्रिमियर लिग : लेस्टरसँग बराबरीमा रोकियो टोटनह्याम

इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् । गत राति भएको खेलमा दुइ टोली १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

३७ वर्षीय स्ट्राइकर जेमी भार्डीको गोलसँगै इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा लेस्टर सिटीले अंक जोडेको छ । टोटनह्यामले ठूलो अग्रता बनाउने प्रशस्त अवसर पाएको थियो । तर, यही सिजन अनुबन्धित भएका डोमिनिक सोलान्के पनि केही अवसर गुमाए ।

२९ औं मिनेटमा स्पेनिस डिफेन्डर पेड्रो पोरोले टोटेनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए। उनले लेस्टरका दुई डिफेन्डरलाई बिट गर्दै हेडरबाट बललाई जाली चुमाए । तर, सन् २०१६ मा लेस्टरलाई इङ्लिस प्रिमियर लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका भार्डीले बराबरी गोल फर्काएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार