संस्कृत विश्वविद्यालयका उपकुलपतिले दिए राजीनामा

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले राजीनामा दिएका छन् । पदावधि सकिन एक महिना बाँकी हुँदा उपकुलपति लामिछानेले स्वास्थ्य अवस्थाका कारण काम गर्न नसकेको भन्दै २७ साउनमा राजीनामा दिएका थिए, जुन आइतबार स्वीकृत भयो ।

कुलसचिव (रजिष्ट्रार) माधव अधिकारीसँग मतभेद बढ्दै जाँदा कुलपति (प्रधानमन्त्री) को दबाबमा लामिछानेले राजीनामा दिएको केही प्राध्यापक बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २०७७ मा आफू निकट लामिछानेलाई उपकुलपति र पार्टी महासचिव शंकर पोखरेलका नातोदार (भान्जा) अधिकारीलाई रजिष्ट्रारमा नियुक्त गरेका थिए ।

एक प्राध्यापकका अनुसार नियुक्ति भएदेखि नै दुई जनाबीच मतभेद थियो, एमाले भित्रको गुटगत राजनीतिले थप मलजल गर्‍यो । ती प्राध्यापक भन्छन्, ‘उनीहरुको व्यक्तिगत मतभेद देखिन्थ्यो नै, पछि पार्टीगत राजनीतिले थप बढायो भन्ने लाग्छ ।’ उपकुलपति लामिछानेले २६ असारमा कुलसचिव माधव अधिकारीलाई निलम्बन गरेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार